
पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा आउँदै गरेको बस लामेआहालमा दुर्घटनाग्रस्त भयो। मृतकको पहिचान हुन बाँकी छ। चालकसहित १० जना घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा ३ जनाको निधन भएको छ।विश्व शान्ति स्तुप पार्किङभन्दा केही माथि दोस्रो घुम्तीमा बस दुर्घटना भएको हो । घाइतेको स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् । बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्घटनाको अनुसन्धान कार्य भइरहेको जनायो ।

