
काठमाडौँ डोरी टाँग्ने काम सकिएसँगै सगरमाथा आरोहण सुरु भएको छ। एटके एक्सपीडिसनका शेर्पा टोलीले चुचुरोमा डोरी टाँगेर बाटो खोलेका छन्। मौसम अनुकूल रहेकाले धेरै आरोहीको अनुमान गरिएको छ। हालसम्म ४४ समूहका ४२१ जनाले अनुमति लिएका छन्, जसबाट ठूलो राजस्व संकलन भएको छ।एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । त्यही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक–दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।

