

राजावादी र गणतन्त्रवादीको प्रदर्शनलाई ध्यानमा राखेर राजधानीको सुरक्षा कडा बनाइने भएको छ ।सम्भावित मुठभेड रोक्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।शुक्रबार प्रदर्शनीमार्गमा गणतन्त्रवादी समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन् ।काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमाण्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी समेत उपस्थित हुनेछन् ।सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ । सुरक्षा कमाण्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने