फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिलविरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । तर, टिममा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् । उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन ।मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन् । मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन् ।अमेरिकी मेजर सकर लिग (एमएलएस) अन्तर्गत एटलान्टा विरुद्ध खेलमा मेसीको मसल्समा समस्या देखिएको थियो । त्यसैले गर्दा ३७ वर्षीय मेसी सोमबार घोषित अर्जेन्टिनी टिममा अटाएनन् । मेसी रिभकरीका लागि अमेरिकामै रहनेछन् ।