

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्राइटनसँग बराबरी खेलेको छ।जारी सिजनमा खराब लयबाट गुज्रिरहेको सिटीले गएराति घरेलु मैदान इतिहाडमा ब्राइटनसँग २-२ गोलको बराबरी खेलेको हो।
एर्लिङ हालाण्डले पेनाल्टीमार्फत गोल गरेपछि ११ औं मिनेटमा सिटीले अग्रता लिएको थियो। २१ मिनेटमा ब्राइटनका पेर्विस स्टुपिनानले बराबरी गोल फर्काए।३९ मिनेटमा ओमर मार्मुसले गोल गरी २-१ को अवस्थामा पुर्याए। ४८ मिनेटमा सिटीकै अब्दुकोदिर खुशानोभले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको हो।