काठमाण्डु– अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ ।खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ ।अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए ।