
भोटेकोशी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि नेपाल प्रहरीले रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ । बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन प्रहरीले भनेको हो ।बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमुना दिन सक्ने जानकारी प्रहरीले दिएको छ । अहिले फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि होइन भनी डीएनएको जाँच गर्न चाहेमा तोकिएको स्थानमा सम्पर्क राख्न सकिने प्रहरीले जनाएको छ ।
डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमुनासहित महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालको ल्याब र नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ । जसको रगतको नमुना संकलन गर्ने हो उसको २ प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने प्रहरीले जानकारी गराएको छ ।प्रहरीका अनुसार यदि हराइरहेका व्यक्तिको आफन्त विदेशमा भएको खण्डमा उनीहरूले बाबु, आमा, छोरा र छोरीमध्ये कोही एक जनाको विदेशमै डीएनले प्रोफाइलिङ गरी पठाउन सक्नेछन् । यसरी विदेशमा गरिएको डीएन प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको इमेलः मलबअयमष्क२लभउबउियष्अिभ।नयख।लउ मा पठाउन भनिएको छ ।

