
काठमाडौँ । शरद ऋतुको हावा वहन सुरु भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।दसैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरू मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दसैँको महत्त्व धेरै हुन्छ । दसैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन् ।
केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका सहर र गाउँहरूमा पनि दसैँमा चङ्गा नउडाइने होइन । तर विशेषगरी काठमाडौँ उपत्यकामा यो प्रचलन बढी रहेको छ । आज हामीले चोभारको चङ्गा चेटको तस्बिर यहाँ प्रस्तुत गरेका छौँ-

