
भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेपछि नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाईको ओइरो लागेको छ। राप्रपा महामन्त्री धवलशमशेर राणाले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन्। तेस्रो राउन्डमा ढाँटले चोंगरेंग कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन्। यो उनको नवौँ व्यावसायिक जित हो।नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्।एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्।उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए।यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो।यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ।

