दोलखा जिल्लाको गौरिशंकर गाउँपालिक र विगु गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा रहेको छ । आयोजनाको संरचना रोल्वालिङ गाउँपालिकामा पर्छ । रोल्वालिङ खोलामा २५ मिटर लामो र ६० मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको विकासकर्ता कम्पनीले जनाएको छ । ४८ सय मिटर लामो मुल सुरुङमार्फत विद्युतगृहमा खसालेर ऊर्जा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । 

आयोजनाबाट उत्पादन हुने बिजुली ८.५ किलोमिटर लामो १३२ केभी प्रसाणलाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकणको २२० केभी क्षमताको न्यू लामाबगर सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।
 आयोजनाको डिजाइन वहाव प्रतिसेकेन्ड ११ घनमिटर रहेको छ । कम्पनीले वातावरणीय प्रभाव अध्ययनका क्रममा प्रभावका बारेका रायसुझाव पनि मागेको छ ।

रोल्वालिङ खोलामा विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २२ मेगावाटको रोल्वालिङ डाइभर्सन परियोजना निर्माण सुरु गरेको छ । परियोजनाको लागत १० अर्ब रुपैयाँ रहेको छ । सुक्खायामको विद्युत् आपूर्ति गर्ने लक्ष्यसहित निर्माण सुरु भएको रोल्वालिङ डाइभर्सनबाट विसं. २०८४ मंसिरदेखि बिजुली उत्पादन लक्ष्य राखिएको छ ।

सुक्खायाममा बिजुली उत्पादन बढाउने लक्ष्यसाथ अघि बढाइएको आयोजनाबाट ३२ करोड १० लाख युनिट थप बिजुली उत्पादन हुनेछ । जसमध्ये प्रस्तावित २२ मेगावाटको आयोजनाबाट वार्षिक १० करोड ५० लाख युनिट र डाइभर्सन स्किमबाट २१ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ । मुलुककै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुन्छ । रोल्वालिङ खोला र डाइभर्सन स्किमसमेत थप्दा वार्षिक २ अर्ब ६० करोड २९ लाख युनिट बिजुली उत्पादन हुनेछ ।