राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज कारागार चलान हुँदैछन्। उनी संगठित सहकारी ठगीको आरोपमा छन्। बुटवल उच्च अदालतले शुक्रबार थुनामा पठाउने आदेश दिएपछि उनलाई निवासबाट नियन्त्रणमा लिइएको थियो। शनिबार र आइतबार बिदा भएकाले उनलाई रुपन्देही प्रहरीको हिरासतमा राखिएको थियो। सोमबार भैरहवा जिल्ला कारागार चलान हुँदैछन्।