नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा पुगेको छ। यस दिनमा ९१ लाख ४२ हजार ९४१ कित्ता सेयरको कारोबार हुँदा कुल कारोबार रकम रु ४ अर्ब २० करोड भएको छ। अघिल्लो दिन नेप्से परिसूचकमा गिरावट आएको थियो। सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ।