इरान युद्ध सुरु भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुबई र दमामका लागि शुक्रवारबाट विशेष उडान गर्न लागिएको जनाएको छ।

खाडी क्षेत्रमा फेब्रुअरी २८ देखि तनाव चुलिएपछि नियमित उडानहरू स्थगित गर्दै आएको निगमले यूएई र साउदी अरबका एक-एक स्थानका विशेष उडान गर्न लागेको हो।निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पहिलो विमान काठमाण्डूबाट शुक्रवार राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने छ। उक्त विमान दुबईबाट शनिवार बिहान स्थानीय समयानुसार ४ः१० बजे काठमाण्डूका लागि उड्ने उनले बताइन्।