
काठमाडौँ । दिउँसो खाजाका लागि वा अघिल्लो रात खानका लागि रोटी बनाउन मुछेर राखिएको पीठो उब्रियो भने हामी प्लास्टिकको झोला वा भाडामा हालेर फ्रिजमा राखिदिन्छौँ । अनि बिहान तात्तातो पराठा वा रोटी बनाएर खान्छौँ । लगभग हरेक नेपाली भान्सामा यस्तो हुन्छ । पछि फेरि पीठो मुछिरहने झन्झट वा समय बचत गर्न र मुछेको पीठो खेर नफ्याँक्न यो सजिलो तरिका हो । कामकाजी वा एक्लै बस्नेहरूको लागि यो सजिलो उपाय पनि हो ।
४ डिग्री सेल्सियसको तापक्रममा फ्रिजमा मुछेको पीठो स्टोर गरेर राख्दा सूक्ष्म जीवहरूको वृद्धिलाई उल्लेखनीय रूपमा ढिलो गर्छ । यसको मतलब यो पूर्ण रूपमा रोकिँदैन, केवल ढिलो हुन्छ । पोषणको दृष्टिकोणबाट, रातभर यसरी राखिएको पीठो र ताजा पीठोमा कुनै महत्त्वपूर्ण भिन्नता छैन । यसरी राख्दा पिठोमा भिटामिन सी, फोलेट र पोलिफेनोल जस्ता केही पोषक तत्त्वहरू केही कम हुन सक्छन् ।
पिठोको प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने कुरा चाहिँ यसलाई कसरी मुछिएको र कसरी भण्डारण गरिएको थियो भन्ने कुरामा भर पर्छ । रिपोर्टहरूका अनुसार, ८ देखि १२ घण्टासम्म फ्रिजमा सफा, हावा नछिर्ने कन्टेनरमा राखेर पीठो प्रयोग गर्न सकिन्छ । तर, २४ घण्टाभन्दा पुरानो पीठो खान योग्य हुँदैन । रेफ्रिजरेटरको चिसो तापक्रमले ब्याक्टेरियाको वृद्धिलाई सुस्त मात्र पार्ने हो, पूर्ण रूपमा रोकिँदैन। यसै कार

