
नेपथ्यले बेल्जियममा भव्य प्रस्तुति दिएर आफ्नो सफल युरोप यात्रा टुङ्ग्यायो। लन्डनको वेम्बली एरिनाबाट शुरू भएको यस यात्रामा नेपथ्यले विभिन्न देशमा कन्सर्ट गर्यो। बेल्जियमको कन्सर्टमा धेरै दर्शक उपस्थित थिए। गायक अमृत गुरुङले सामाजिक सन्देशहरू पनि प्रवाह गरे।बेल्जियममा स्थानीय एईडी स्टुडियोस्थित हलभरि दर्शकको उपस्थितिमाझ बुधबार बेलुकी ठिक ८ बजे नेपथ्यको कन्सर्ट सुरु भएको थियो । दुई वटा म्युजिक भिडियो सकिनासाथ चर्को दर्शक आवाजबिच नेपथ्य टोली मञ्चमा देखा परेको थियो ।
लगत्तै जब गायक अमृत गुरुङ मञ्चमा उपस्थित भए, हलभरि विभिन्न ‘स्पेशल इफेक्ट’ का प्रभाव– ध्वनि, प्रकाश, सीओटूको मुस्लो र कनफेटिको टुक्रा बनेर फैलिन थाले । र, सुरु भयो नेपथ्यको पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’।कन्सर्ट अवधिभर नाच्दै रमाइरहेका उदयबाबु केवल यत्ति हेर्नका लागि बेल्जियम आएका थिए र बिहीबार बिहानैको पहिलो विमानबाट माल्टा फर्केका थिए । ‘नेपथ्यले मलाई जीवनकै एउटा यादगार साँझ दिएको छ,’ उनले थपे, ‘त्यसका लागि म ब्यान्डलाई धन्यवाद नदिइरहन सक्दिनँ ।’
कन्सर्टमा त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ जस्ता नेपथ्यका सर्वकालिक हिट गीतहरू सुनाइएका थिए ।यस सहरमा नेपाली समुदायको चहलपहल लामो समयदेखि भए पनि यति धेरै दर्शकचाहिँ आज पहिलोपटक देखिएका हुन्,’ आयोजक टोलीका अजित तुलाचन भन्दै थिए– ‘यसअघि ठुला आयोजनामा पनि बढीमा छ–सात सय दर्शक मात्र सहभागी हुन्थे ।’

