
टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ ।जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । बैठकपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “दुई देशबीचको बढ्दो चुनौतीपूर्ण रणनीतिक वातावरणका बीच जापान–दक्षिण कोरिया सम्बन्ध र टोकियो, सियोल र वासिङ्टनबीच सहयोगको महत्व बढ्दै गएको छ दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने, “मलाई विश्वास छ, यसले दक्षिण कोरिया–जापान सम्बन्धलाई कत्तिको महत्व दिन्छ भन्ने देखाउँछ ।”

