
आज नेपालभरि ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा मन्दिरहरूमा विशेष पूजा, प्रवचन र भजनकीर्तन गरिन्छ। भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णले सत्यको पक्षमा मानव समुदायलाई प्रेरित गरेका थिए। पाटनको प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ र काठमाडौंका विभिन्न स्थानमा शोभायात्रा निकालिन्छ।जन्माष्टमीमा बिहान छिटो उठेर स्नान गर्नुपर्छ र सबै देवतालाई नमस्कार गरेर पूर्व वा उत्तरतिर फर्किएर मुख फर्काएर संकल्प गर्नुपर्छ । फलाहार व्रत गर्ने कि एकचोटि भोजन गर्ने कि त्यसअनुसारको संकल्प लिनुपर्छ ।त्यसपछि माता देवकी र भगवान् श्रीकृष्णको चित्र वा प्रतिमा स्थापित गर्नुस् । भगवानलाई नयाँ वस्त्र अर्पण गर्नुस् ।
उनलाई पहेंलो वस्त्र चढाउनुपर्छ । पूजा गर्दा देवकी, वसुदेव, बलराम, नन्द, यशोदा र लक्ष्मीको नाम पनि उच्चारण गर्नुस् । अन्त्यमा माता देवकीलाई अर्घ्य दिनुस् । भगवान् श्रीकृष्णलाई फूल चढाउनुस् ।राति १२ नबजुञ्जेलसम्म भजनकीर्तन, भागवत श्रवण गरिरहनुस् । मध्यरातमा उहाँको जन्मोत्सव मनाउनुस् । झुलामा उनको प्रतिमा झुलाउनुस् ।
पञ्चामृतमा तुलसी राखेर अनि मक्खन मिश्रीको भोग लगाउनुस् । आरती गर्नुस् र राति स्तोत्रहरू र गीता पाठ गर्नुस् । अर्को दिन बिहान फेरि स्नान गरेर व्रतपारायण गर्नुस् ।

