लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।गोसाइँकुण्ड गाउँपालिका–२ की स्थानीय समाजसेवी मिनाक्षी मगर नियमित जस्तै ३ बजे ब्युँझने गर्थिन्।

‘बिहान पौने ३ बजे नै खोलाको आवाज आयो। खोला बढेको, डुंगा बगेको गड्याङ गुडुङ गरेको आवाज आयो र केहीबेरमा जमिन हल्लियो। भूकम्प हो कि जस्तो लाग्यो’, मगर भन्छिन,् ‘उनले नजिकै प्रहरीमा खबर गरिन्। सबै सडकमा निस्के। रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ बजे मात्र साइरन बज्यो। खोलाले गाडी बगाएको देखियो।’ बिहानको उज्यायो हुँदा नहुँदै उद्धार सुरु भयो। उद्धारमा खट्ने प्रहरीले अरू धेरैलाई बचाए, उनीहरूले ज्यान गुमाए। ‘बिहान ४ बजे केरुङ बस्ने दिदीको फोन आयो। बिहान ६ बजेपछि फोन पनि चलेन। कतैबाट अपडेट लिन पाइएन। ६ दिनमा बत्ती बल्यो। गाउँ अन्धकार भयो। अझै नेट चलेको छैन।