विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले टिकटकले ‘गाइडेड मेडिटेसन’ सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले नयाँ इन–एप टुल ल्याइएको कम्पनीले जनाएको छ ।टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थालाई सहयोग पुर्‍याउने विश्वास छ ।
काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले टिकटकले ‘गाइडेड मेडिटेसन’ सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले नयाँ इन–एप टुल ल्याइएको कम्पनीले जनाएको छ ।

टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थालाई सहयोग पुर्‍याउने विश्वास छ ।टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्यसम्बन्धी संस्थासँग साझेदारी गर्दै ४२.३ मिलियन बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ । यो कोष र टिकटक–नेतृत्वको प्रशिक्षणले साझेदारलाई व्यापक दर्शकमा पुग्ने गरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्यसम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।