
रुसले युक्रेनमा हालसम्मकै ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ जसले कैयौँ क्षेत्रमा प्रभाव पारेको छ। तीनजना बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दुई देशबीच कैदी साटासाटको वार्ता भए पनि रुसले युद्धविराम स्वीकार गरेको छैन। आक्रमणले रुसलाई पनि असर गरेको छ।यसैबीच, रुसी रक्षा मन्त्रालयले शनिबार राति चार घण्टाको अवधिमा युक्रेनका ९५ ड्रोनलाई नष्ट वा अवरुद्ध गरिएको जनाएको छ। यी ड्रोनहरू विभिन्न रुसी क्षेत्रमा, त्यसमा पनि राजधानी मस्कोलाई लक्षित गर्दै पठाइएको बताइएको छ । घटनामा कुनै जनधनको क्षति नभएको जनाइएको छ ।

