
१०. अर्जेन्टिनाविरुद्ध इजिप्ट – इजिप्टको गोल रद्द
इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता लिँदा इतिहास रच्ने संघारमा पुगेको ठानेको थियो । तर, उनीहरूको त्यो दुई गोलको अग्रता धेरै समय टिकेन । ६०औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई दुई गोलको अग्रता दिलाएको थियो ।खेलको मुभ सुरु हुने क्रममा धेरै अघि फल भएको भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उनीहरूको दोस्रो गोल रद्द गरिदियो । गोल हुनुभन्दा अघिको घटनालाई हेरेर गोल रद्द गरिएकामा इजिप्ट असन्तुष्ट थियो ।विशेष गरी अर्जेन्टिनाले विजयी गोल गर्नुभन्दा ठीक अघि आफूहरूले पेनाल्टी पाउनुपर्ने दाबी उनीहरूको थियो । इजिप्टले रेफ्रीको निर्णय अर्जेन्टिनाको पक्षमा पक्षपाती भएको आरोप लगाउँदै फिफामा औपचारिक उजुरी दर्ता पनि गर्यो । उक्त खेलमा इजिप्ट ३–२ ले पराजित हुन पुग्यो ।
९. इंग्ल्याण्डविरुद्ध घाना – कोन्साको फलमा पेनाल्टी नदिइनु
समूह चरणमा घानाविरुद्ध इंग्ल्याण्डको भाग्यले साथ दियो र खेल गोलरहित बराबरीमा सकियो । तर स्थिति योभन्दा पनि खराब हुन सक्थ्यो । जब खेलको ७८औं मिनेटमा इंग्ल्याण्डका एज्री कोन्साले डि–बक्स भित्र घानाका प्रिन्स अडुलाई लडाए । तब घानाले पेनाल्टीको आशा गरेको थियो । तर उनीहरूलाई पेनाल्टी दिइएन ।कोन्साको त्यो ट्याकल असावधान र बढी जोखिमपूर्ण थियो । जसमा घानाले सजाय पाउनुपर्ने माग गरेको थियो । उक्त खेलमा इंग्ल्यान्डमाथि ऐतिहासिक जित निकाल्नबाट चुकेको थियो ।
८. ब्राजिलविरुद्ध स्कटल्यान्ड – भिनिसियस जुनियरको गोल रद्द
ब्राजिलले स्कटल्याण्डविरुद्ध पहिले नै एक गोलको अग्रता लिइसकेको थियो र भिनिसियस जुनियरले बल खोसेर गोल गरेपछि उनीहरूले आफ्नो अग्रता दोब्बर बनाएको ठानेका थिए । तर भीएआरको पुनरावलोकनपछि उनले स्कटल्याण्डका ज्याक हेन्ड्रीलाई फल गरेको ठहर गरियो ।यद्यपी, त्यो फल निकै सामान्य थियो । ब्राजिलले खेल जितेकाले यसले खासै फरक त पारेन । तर त्यतिबेला स्कटल्याण्डका लागि यो ठूलो राहत बनेको थियो ।
७. कोलम्बियाविरुद्ध पोर्चुगल – कोलम्बियाको गोल अफसाइड घोषित
पोर्चुगलविरुद्ध गोल गर्दा कोलम्बियाका डाभिन्सन सान्चेज अफसाइड देखिएका थिएनन् । तर भीएआरको अत्याधुनिक प्रविधिले रेखा कोरेर हेर्दा सान्चेजको खुट्टाको औँला मात्र केही मिलिमिटरले अफसाइड पाइयो ।
कतिपयले अफसाइडको नियम स्पष्ट हुने दाबी गरे पनि भीएआरले यसलाई यति कडा रूपमा लागू गर्दा धेरैलाई निराश बनायो । उक्त खेल बराबरीमा सकिएको थियो ।
६. इक्वेडरविरुद्ध जर्मनी – जर्मनीको गोललाई मान्यता
जर्मनीले इक्वेडरविरुद्ध खेलको सुरुवातमै अग्रता लियो । तर धेरैको बुझाइमा यो गोललाई मान्यता दिनु हुँदैनथ्यो । जर्मनीका अलेक्जेन्डर पाभ्लोभिचको बुटले इक्वेडरका पेड्रो भिटेको टाउकोमा लागेपछि भिटे भुइँमा ढलेका थिए ।
पाभ्लोभिचले बल खेल्ने प्रयास त गरेका थिए । तर बलसँगै उनको बुट भिटेको अनुहारमा पनि लाग्यो र जर्मनीले खेललाई अगाडि बढाउँदै गोल ग¥यो । गोल हुनुअघि पाभ्लोभिच र भिटेबीच त्यस्तो घटना भए पनि भीएआरले गोललाई मान्यता दियो ।
५. जर्मनीविरुद्ध पाराग्वे – जर्मनीको गोल रद्द
अन्तिम ३२ को खेलमा पाराग्वेद्वारा जर्मनीको बहिर्गमन यस विश्वकपको सबैभन्दा ठूलो उलटफेरमध्ये एक थियो । तर पराजित टोली जर्मनीले आफ्नो एउटा वैध गोल रद्द गरिएको दाबी गर्यो । जसले उनीहरूलाई २–१ को अग्रता दिलाउने थियो ।नथानियल ब्राउनको कर्नर प्रहारमा जोनाथन टाहले पाराग्वेका गोलकिपर ओर्लान्डो गिललाई छक्काउँदै हेडमार्फत गोल गरेका थिए । तर भीएआरको समीक्षाले कर्नर आउने क्रममा जर्मनीका वाल्डेमार एन्टोनले गोलकिपर गिललाई गलत तरिकाले समातेको ठहर गर्यो ।
४. पोर्चुगल विरुद्ध क्रोएसिया – क्रोएसियाको गोल अफसाइडमा रद्द
क्रोएसियाले अन्तिम ३२ को खेलमा पोर्चुगलविरुद्ध इन्जुरी समयको अन्तिम क्षणमा बराबरी गोल गर्दै आफ्नो विश्वकपको आशा जीवित राखेको ठानेको थियो । २–१ ले पछि परेको अवस्थामा जोस्को ग्वार्डिओलले नजिकको दूरीबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । तर क्रोएसियन खेलाडीहरूको त्यो उत्सव धेरै समय टिकेन ।फिफाको नयाँ ‘कनेक्टेड बल’ प्रविधिले यो प्रमाणित गर्यो कि क्रोएसियाका इगोर मन्तानोविचले बललाई छोएका थिए र त्यसपछि बल मारियो पासालिचकोमा पुगेको थियो, जो ग्वार्डिओललाई असिस्ट गर्नुअघि अफसाइड पोजिसनमा थिए ।मन्तानोविचको स्पर्शको प्रमाण फेला परेकाले पासालिचको अफसाइडका कारण गोल रद्द हुनु वैध त थियो । तर बल पोर्चुगलका डिफेन्डरलाई लाग्दै त्यहाँ पुगेकाले गोल कायम हुनुपर्ने तर्क कतिपयको थियो ।नियम अनुसार डिफेन्डरले जानीजानी बल छोएको हुनुपर्छ । तर रेफ्रीले त्यो जानीजानी नगरिएको निर्णय गरे । जसका कारण पासालिच अफसाइड नै ठहरिए र क्रोएसियाको सपना चकनाचुर भयो ।
३. फ्रान्स विरुद्ध सेनेगल – एमबाप्पेलाई पेनाल्टी नदिइनु
जब फ्रान्स सेनेगलविरुद्ध गोलको खोजीमा थियो । साडियो मानेले स्लाइड गर्दै किलियन एमबाप्पेलाई लडाएपछि उनीहरूले पेनाल्टीको माग गरे । रेफ्रीले यसमा कुनै चासो देखाएनन् र फ्रान्सलाई कर्नर दिँदै पेनाल्टी अस्वीकार गरे । तर भीएआरले तुरुन्तै रेफ्रीलाई पुनरावलोकन गर्न सुझाव दियो ।रिप्लेमा मानेले बललाई कतै पनि नछोएको स्पष्ट देखियो । तर दर्शकहरूलाई अचम्ममा पार्दै रेफ्रीले आफ्नो पुरानै निर्णय कायम राखे र पेनाल्टी दिएनन् । उल्टै, उनले एमबाप्पे आफैंले कन्ट्याक्ट सुरु गरेको दाबी गरे र फ्रान्सको घाउमा नुन छर्कँदै त्यो कर्नरलाई गोल किकमा परिणत गरिदिए ।

