
विश्वकै उच्च भागमा हुने प्रतिष्ठित ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण भदौ २८ र २९ गते लोमान्थाङ, मुस्ताङमा आयोजना हुनेछ। यस प्रतियोगितामा नेपाल र विदेशका ६० भन्दा बढी गल्फरहरू सहभागी हुनेछन्। यस वर्ष प्रतियोगिता १८ होलमा विस्तार गरिएको छ। विजेताहरूलाई नगद पुरस्कार र ‘होल इन वान’ गर्ने खेलाडीलाई घोडा प्रदान गरिनेछ I

