काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा सैनिक द्वन्द्वको स्थिति देखिएको छ ।भारतको कश्मिर क्षेत्रमा २६ जना गैरसैनिक व्यक्तिहरूलाई आतंकवादी शैलीमा हत्या गरेपछि भारतले मिसन सिन्दुर अगाडि बढाएको हो । पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिँदै आएकोमा पछिल्ला दिनमा दुई देशका सीमावर्ती क्षेत्रमा सैन्य तनाव बढ्दै गएको समाचार आइरहेका छन् ।

दुई देशबीचको तनावसँगै भारतको शेयर बजार शुक्रबार ओरालो लागेको छ । विगतमा रसिया–युक्रेनबीचको युद्ध सुरु भएसँगै गहुँ, तेललगायत धेरै वस्तुमा प्रभावित भएको थियाे नेपाली बजार । दक्षिण एशियामा सबैभन्दा ठूलो उत्पादनकर्ता र आपूर्तिकर्ताका रूपमा स्थापित हुँदै गएको भारत युद्धमा फस्दै गयो भने नेपालमा कस्तो असर पर्ला ?चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नेपालको वैदेशिक व्यापारलाई हेर्दा भारतबाट मात्रै सो अवधिमा सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । सो अवधिमा नेपालले १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।