काठमाडौं : हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ।अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ।नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल र हङकङको खेल वर्षाका कारण नतिजाविहीन हुँदा दुवै टिमले अङ्क बाँडेका थिए।  नेपालले तीन खेलबाट ५ अङ्क जोडेको छ।कुवेतले भने ३ खेलमा २ जित र १ हारसहित ४ अङ्क जोडेको छ। हाल तेस्रो स्थानका लागि हङकङ र कतारबीच खेल भइरहेको छ।