काठमाडौं — सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाउ (उपभोक्ता मूल्य वृद्धिदर) गत साउनमा ५.९६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उपभोक्ता मूल्य वृद्धिदर १.६८ प्रतिशत थियो ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धिदर) ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो । 

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्राास्फीति ५.५२  प्रतिशत रहेको छ । गत आर्थिक वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्राास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्राास्फीति ३.९५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको .६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.० प्रतिशतले बढेको छ ।