
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को न्युजिल्यान्डको अकल्यान्डमा घुँडाको सफल शल्यक्रिया भएको छ। डा. साइमन र उनको टोलीले शल्यक्रिया गरेका हुन्। कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो। पुनर्स्थापनाको काम त्यहाँकै डाक्टरको निगरानीमा सुरु हुनेछ र स्थिति सामान्य भएपछि एस्पेटारमा निरन्तरता दिइनेछ।”लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु,” सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् । खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

