काठमाडौं । ट्रम्प प्रशासनले प्रत्येक महिना १०० देखि २०० जनासम्मलाई देश निकाला गर्ने तयारी थालेको छ । यो कदमबाट लाखौँ ‘प्राकृतिक नागरिकता’ (अरू देशमा जन्मेर पछि अमेरिकाको नागरिकता लिएकाहरू)को नागरिकता रद्द हुने खतरा बढेको बताइएको छ । यो निर्णयले मानिसहरूमा डरको वातावरण बनेको छ । विशेष गरी एशियाली मूलका मानिस यसबारे बढी चिन्तित रहेको न्युयोर्क टाइम्सले लेखेको छ ।समाचारअनुसार ट्रम्पको यो प्रावधानले अवैध आप्रवासीलाई कारबाही गर्नुका साथै ‘प्राकृतिक नागरिक’को नागरिकता प िनखोस्नेछ । 

ट्रम्प प्रशासनले आप्रवासन अधिकारीहरूलाई जारी गरेको आन्तरिक निर्देशनअमेरिकी नागरिकता तथा आप्रवासन सेवा विभागका अधिकारीलाई आन्तरिक निर्देशन जारी गरिएको छ । निर्देशनमा प्रत्येक महिना १०० देखि २०० प्राकृतिक नागरिकता भएका व्यक्तिको नागरिकता रद्द गर्न भनिएको छ ।अमेरिकाको संघीय कानुनमा प्राकृतिक यस्तो प्रकृतिको नागरिकता खोस्ने प्रावधान छ । नागरिकताका लागि आवेदन दिँदा वा अन्य कुनै अवस्थामा जालसाझी वा कुनै गडबडी भेटिएमा प्राकृतिक नागरिकता खोसिन्छ । 

ट्रम्प प्रशासनले यिनै प्रावधानलाई आधार बनाएर ठूलो संख्यामा मानिसको नागरिकता खोस्न सक्ने अनुमान गरिएको छ । यसबाट जानाजान आफ्नो नागरिकता आवेदनमा कुनै गल्ती भएको भए छ भने ती व्यक्ति पनि अब ट्रम्प प्रशासनको निसानामा आउनेछन् । 

के हो प्राकृतिक नागरिकता ?

अमेरिकामा प्राकृतिक नागरिकताको प्रावधान छ । अमेरिकामा जन्म नलिएको र निश्चित कानुनी प्रक्रियाबाट अमेरिकी नागरिक बनेकालाई प्राकृतिक नागरिक भनिन्छ । यी नागरिकलाई पनि अन्य नागरिकजस्तै सबै अधिकार प्राप्त छन् । न्युयोर्क टाइम्सको रिपोर्टमा जनगणना ब्युरोको हवाला दिँदै देशमा करिब २.६ करोड प्राकृतिक नागरिकता रहेको उल्लेख छ । गत वर्ष मात्र आठ लाखभन्दा बढी व्यक्तिले अमेरिकी प्राकृतिक नागरिकता प्राप्त गरेका थिए । तिनीहरूमा अधिकांश भारत, मेक्सिको, फिलिपिन्स र भियतनामका बासिन्दा थिए ।