
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३२ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिक शाओजुन लिउ पक्राउ परेका छन्। एयर चाइनाको उडानद्वारा चीन जान लागेका उनलाई ब्यागेज चेकिङको क्रममा उक्त रकम फेला परेको हो। उनलाई थप अनुसन्धान र कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

